यही मंसिर ४ गतेका दिन संघ र प्रदेशको निर्बाचन सम्पन्न हुन गईरहेको यहाहरु सबैलाई विदितै छ । उक्त निर्वाचनमा गठबन्धनको तर्फबाट म झापा क्षेत्र नं ५ प्रदेस (ख) बाट उम्मेद्वार भएको छु । गठबन्धनबाट मलाइ यसपटक उम्मेदवारको अवसर दिनु भएकोमा सबै राजनीतिक पार्टीहरुप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।

आगामी निर्वाचन मार्फत नेतृत्व लिएर आफ्नो क्षेत्रलाई बिकास, समृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगार आदिको कोणबाट देशकै नमूना प्रदेश बनाउने ठूलो अभिलाषा बोकेर म तपाईको माझमा आएको छु ।

म कुनै निर्वाचित पदमा नहुदा पनि यहाको विकास र सुशासनको निम्ति मैले के कति काम गरेको छु भन्ने कुरा त यहाँहरुको अगाडि घाम जस्तै छर्लङ छ । मलाई एकपटक मौका दिनुहोस् । यहाँहरुले मलाई आगामी मंसिर ४ मा निर्वाचित गराउनुभयो भने म यो प्रदेशलाई देशकै नमुना प्रदेश बनाउनेछु भन्ने सार्वजनिक प्रतिबद्धता ब्यक्त गर्दछु । यहाँहरुको सहयोग, भावना, सहानुभूती र अमूल्य मतको खाँचो छ । तपाईंहरुको त्यही अमूल्य मतले नै फैसला गर्दछ कि हाम्रो प्रदेशलाइ कस्तो बनाउने भनेर । तसर्थ म एउटा युवा उमेद्वार पनि हुँ । म तपाईको भावना र यहाँको आवश्यकतालाइ गहिरो गरी महसुस गर्न, सम्बोधन गर्न र अगुवाइ गर्दै कुशल नेतृत्व गर्न सक्छु भन्ने आत्मबिश्वास सहित हजुरहरुको माझमा आएको छु ।

आदरणीय प्रदेशबासी मेरा आमा बुबा, दिदी बहिनी, दाजु भाइ, साथी, शुभचिन्तक सबैमा मंसिर ४ गतेको एतिहासिक निर्वाचनमा गोलाकरभित्रको हँसिया हतौडा चुनाब चिन्हमा अमूल्य मतदान गरी अत्याधिक मतले मलाइ बिजयी गराउनु हुन यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु ।
रेवतराज पुरी ( गगन )
उम्मेद्बार क्षेत्र न. ५ (ख), झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय