काठमाडौ । गीतकार विष्णु इङ्नाम लिम्बुको नयाँ गीत ‘मुकुमलुङ माङे’ सार्वजनिक भएको छ ।

बिष्णु इङ्नाम युटुब च्यानलबाट सार्वजनिक भएको गीतलाई गायिका मिलन नेवारले स्वर दिएकी छन् । यस गीतलाई उत्तमजंग लिम्बुले संगीत भरेका छन् ।

यस गीतको भिडियोमा लक्ष्मी योङहाङ लिम्बु र झापाको गौरादहका तान्छोहाङ लिम्बुको अभिनय रहेको छ । लिम्बु भाषाको गीतमा लक्ष्मी र तान्छोहाङलाई प्रेमिल जोडीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भाव अनुसार उनीहरुको अभिनय जमेको देखिन्छ । निर्मल सुब्बाले खिचेको भिडियोलाई पर्शु थलङले सम्पादन गरेका छन् । झरना लिम्बुको मेकअप रहेको छ ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय