दमक : गायिका टीका प्रसाईंको स्वरमा नयाँ गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । विभिन्न आधुनिक, सेमी-क्लासिकल, लोकभाका, डान्सिङ्ग नम्बर आदि धेरै गीतहरु ल्याएर चर्चा पाएकी प्रसाईंले यसपटक भने गजललाई गीतको माध्यम बनाएर आएकी हुन्।

उनी भन्छिन ‘यसपटक मैले फेरि एक गजल लिएर आएकी छु। केही वर्ष अगाडि गाएको गजल तिमी साथ भएपछिलाई हजुरहरुले धेरै माया र मन पराउनु भएकोमा आभारी छु। र यसपटकको गजल तिमी बिनालाई सार्वजनिक गरेकी छु। पक्कै मन पराइदिनु हुनेछ भन्ने आशा छ।’

गीतको रचना गणेश श्रेष्ठले गरेका हुन् भने संगीतकार सन्तोष दुमी रहेका छन्। स्वर टीका स्वयंको छ। एरेन्जर आदेश गुर्मछान हुन् भने रेकर्डिङ मनोज साङसोङ र सुरेश राईले गरेका छन्। मिक्सिङ मास्टरिङ्ग राजु कार्कीले गरेको गीतलाई टीका प्रसाईंको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय