झापा । चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठद्वारा निर्मित नेपाली कथानक चलचित्र “आँधी तुफान २” २०७९ श्रावण २० गते अल नेपाल रिलिज हुने भएको छ ।

 

यो चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रुपमा रहेको चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी गराए । सस्पेन्स थ्रिलर लेडिज एक्शन तथा नारी शक्तिको कथा बोल्ने यस चलचित्रलाई वरिष्ठ निर्देशक मदन घिमिरेले निर्देशन गरेका छन् ।

 

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय देख्न सकिन्छ । यसैगरी चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठको निर्माण, कथा/पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरि उप्रेती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । ‘आँधि तुफान २’ वितरणको जिम्मेवारी आरआर फिल्मसले सम्हालेको छ ।

 

गोवाको समुन्द्री तटमा छांयाकन गरिएको चलचित्रको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय