दमक : झापाको सडक सञ्जालअन्र्तगत महत्वकांक्षी योजनाका रुपमा रहेको दमक- चिसापानी – रबि सडकखण्डको (फाल्गुनन्दमार्ग )लाई दमकको बेलडागी बाट पुर्बतर्फ रतुवा खोलाको किनार दक्षिणतर्फ नयाँ ट्रयाक खोलेर रतुवाको किनारै किनार रेडक्रस भबन पुर्ब हुँदै पुर्ब पश्चिम् राजमार्गमा जोडिने भएको छ ।

नयाँ सडक निर्माणका लागि तत्काल DPR गर्ने प्रयोजनार्थ मन्त्री स्तरिय निर्णय भै Aligment स्वीकृत भएको उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताए ।

रतुवा खोलाको किनारै किनार दक्षिणतर्फ नयाँ ट्रयाक खोलेर आउने हुनाले दमकको पुर्व रतुवा नदिको पश्चिमतर्फको सबै भागमा नदि नियन्त्रणको काम भएर मात्र सडक निर्माण हुने उनको भनाइ छ । उनका अनुसार नदि नियन्त्रण र बाटोसहित गरेर करिब ८० देखि ९० करोड लागत लाग्ने उनको भनाइ छ ।

सो सडक निकै स्तरीय , आकर्षक , सुन्दर, र रमणीय हुने साथै सडक निर्माणको क्रममा छेउमा पर्ने सबै स्थानहरूमा नदि नियन्त्रणको कार्य समेत हुने उनको भनाइ छ। यस कार्य गर्नका लागि सहयोग गर्ने सबैप्रति समितिका अध्यक्ष पुरीले आभार प्रकट गरे ।

सडकलाई चीनको घाङला र भारतको फत्तेपुर सम्म त्रिदेशीय साझेदारीको रुपमा विस्तार गरिने योजना रहेकोले यसलाई सार्वजनिक चासोको रुपमा हामी सबैले लिनु पर्ने उपभोक्ता समितिका अध्यक्ष पुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय