गौरादह,२२ चैत । झापाको गौरादह नगरपालिका वडा नं. ४ मा आज एक कार्याक्रमबीच धनीपूर्जा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग झापाले जिल्लामा पहिलो पटक नगरपालिकाको समन्वयमा मंगलवार ती वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डेका अनुसार आयोग गठन भएपछि जिल्लामा पहिलोपटक गौरादह ४ का अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरि कामलाई तीव्रता दिएको हो ।

आयोगले अव भने स्थानीय तहको निर्वाचन पछि मात्र जिल्लाको विर्तामोड,बुद्धशान्ति,मेचीनगर लगायतका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई जग्गाधनीपूर्जा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताए ।

यस अघि २ पटकसम्म धनीपूर्जा पाएर पनि नक्शा उपलव्ध हुन नसक्दा समस्यामा रहेका गौरादह नगरपालिका वडा नं. ४ र ५ गरी ८ हजार धेरै घर परिवारहरुलाई लक्षित गरी धनीपूर्जा वितरण शुरु गरिएको राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले बताए ।

खड्काले यस पटक वितरण गरेको धनीपूर्जा नापी र मालपोत सहितको टोलीले क्षेत्रगत लागत संकलन गरेर तयार गरेकाले अव जग्गा भएर पनि सुकुम्बासी जस्तै बसोवासी हुनेलाई यो एतिहासिक खुशीको दिन भएको दावी गरे । उनले केही विपक्षी दलका नेताहरुले नक्कली धनीपूर्जा वितरण गर्न लागेको भन्दै जनतासम्म भ्रामक हल्ला फिँजाएकाले आफूले धनीपूर्जामा सही गर्ने मालपोत तथा नापी कार्यालयका प्रमुखहरुलाई समेत कार्याक्रममा सहभागिता गराएको बताए ।

उनले यस अघि वितरण गरिएको धनीपूर्जा बतासे भएकाले जग्गा धनीपूर्जा भएर पनि कुनै कारोवार गर्न नसकिएको बताउनु भयो । अव देशभरका सुकुम्बासी तथा भूमी सम्बन्धी समस्यामा रहेकाहरुलाई क्रमश निरन्तर पूर्जा वितरण गर्दै लाने बताए ।

आयोगका केन्द्रीय उपाध्यक्ष नरेन्द्र खड्का, गौरादह नगर प्रमुख रोहितकुमार साह लगायतले त्यहाँका मेघराज पौडेलसहितका जग्गाधनीलाई पूर्जा हस्तान्तरण गरेका थिए ।

धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, गौरादहकी उपमेयर गीता भेटवाल,आयोगका सदस्यहरु, वडाध्यक्ष,वडासदस्य,मालपोत तथा नापी कार्यालयका प्रतिनिधि तथा वडाबासीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय