गौरादह : झापाको गौरादह नगरपालिका वडा नं ५ का बाढी प्रभावित ५० परिवारलाई नेपाली कांग्रेसले खाद्यन्न राहत प्रदान गरेको छ ।

नेपाली काङ्ग्रेस झापा क्षेत्र न ५ (क) ले गौरादह ५ चाप्रामारीका करिब ५० बाढी पिडित घरपरिवारलाइ राहतको ‘पोको’ बोकेर बाढीपिडितका घरमा पुगेको हो।

 

केन्द्रिय सांसद महेन्द्रा कुमारी सुब्बा र नेपाली काङ्ग्रेस झापा क्षेत्र न ५ क का सभापति जीवन राइको टोलीले बिहिबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेर फर्किएपछि स्वैच्छिक रुपमा नेता कार्यकर्ताहरुबाट सो राहत संकलन गरिएको थियो ।

कांग्रेस झापा क्षेत्र नं ५ (क) को आयोजनामा पार्टीका नेता, कार्यकर्ताहरुबाट स्वैच्छिक रुपमा संकलन भएको रकमबाट प्रति परिवार एक/एक बोरा चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यन्न राहत प्रदान गरिएको पार्टी सभापति जीवनकुमार राईले जानकारी दिए ।

राहत बितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य महेन्द्रा कुमारी सुब्बा , नेपाली काङ्ग्रेस क्षेत्र न ५ का सभापति ढुण्डिराज भण्डारी , नेपाली काङ्ग्रेस क्षेत्र न ५ (क) सभापति जीवन राई , नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि खगेन्द्र पाण्डव अधिकारी ,हेमन्त कार्की ,लक्ष्मी बाह्रकोटी लगायत को उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय