गौरादह : झापाको गौरादह नगरपालिकाले गौरादहमा रहेकाे स्वास्थ्य केन्द्रलाई १५ बेडकाे अस्पतालमा स्तराेन्नती गरि स्वास्थ बिमाको सेवा उपलब्ध गराउने भएको छ ।

नगरसभाले पारित गरेकाे निति कार्यक्रम र बजेटको बिषयमा नगरपालिकामा परिसरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी दिएका हुन ।

गौरादहमा रहेकाे स्वास्थ्य केन्द्रलाई १५ बेडकाे अस्पतालमा स्तराेन्नती गरेर गौरादहबाट सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध भएपछि नगरबासिले महंगो शुल्क तिरेर विभिन्न सहरका ठुला अस्पताल धाउनु नपर्ने उनले बताए।
साथै गौरादहमा रहेकाे स्वास्थ्य केन्द्र अस्पतालमा परिणत भएपछि स्वास्थ्य बिमा कार्यक्रमकाे सुबिधा पनि उपलब्ध हुने जानकारी गराए।

७८ कराेड ४ लाख ६ हजार ८ सय १३  रुपैयाँकाे बजेट पारित

गौरादह नगरपालिकाकाे १० औं नगर सभाले आर्थिक बर्ष २०७८/०७९ का लागि ७८ कराेड ४ लाख ६ हजार ८ सय १३  रुपैयाँकाे बजेट पारित गरेकाे छ।

नगर सभाले पारित गरेकाे बजेटमा चालू तर्फ ४७ कराेड १५ लाख ९९ हजार ८ सय ३७ र पुँजीगत तर्फ ३० कराेड ८८ लाख ६ हजार ९ सय ७६ रहेकाे नगर प्रवक्ता भण्डारीले जानकारी गराएका थिए।

गत आसार ८ गतेबाट सुरु भई असार ३० सम्पन्न भएकाे नगरसभाले पारित गरेकाे बार्षिक निति तथा कार्यक्रममा न्युनतम पुर्वाधारकाे आवश्यकतालाई पहिचाहन गरि कृषि, सामाजिक बिकास, नगरपालिकाबाट नागरिकलाई प्रवाह गरिने सेवालाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकतामा राखेकाे नगर प्रबक्ता भण्डारीले जानकारी गराए।

नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि अल्पकालीन र दिर्घकालिन बिकासलाई मध्यनजर गरि बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरेकाे जानकारी गराएका थिए।

गौरादह नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा  स्वास्थ्य क्षेत्रमा १ कराेड ५५ लाख बजेट बिनियाेजन गरेकाे जानकारी गराए।

 

यश आर्थिक बर्ष देखि गौरादह नगरबासिलाई आय आर्जन गर्न सहज बनाउन दक्षिण काेरियाका संस्थासँग भगिनी सम्झौता गर्ने जानकारी गराए भगिनी सम्झौता भएपछि युवाहरुलाई दक्षिण कोरियामा सिकिएकाे सीप आफ्नो देशमा लगाउन सकिने बताएका थिए।

यसबाट युवाहरुलाई राेजगारीका अवसर सृजना हुनुका साथै आम्दानीका स्राेत बढाउन सकिने जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा नगर प्रमुख छत्रपति सुवेदी र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले पत्रकारहरुले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय