दमक–नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले झापाको दमकका राजनीति दल, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुसंग शनिबार भेटघाट तथा छलफल गर्नुभएको छ ।

दमक अस्पतालको गुणस्तरीय सेवा सञ्चालन र अस्पताललाई सेवाग्राहीमैत्री बनाउने उपाय सम्बन्धी नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङले दमक अस्पतालका सरोकारवालाहरुबीच छलफल गर्नुभएको हो ।

यसअघि, खापुङ दमकमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा हुदाँ आउनुभएको थियो । सो समयमा पनि खापुङले दमक अस्पतालसहित दमकको आम्दा अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

दमकस्थित होटल केबिआरमा संक्षिप्त कार्यक्रममा मन्त्री खापुङलाई दमक नगरकी उपप्रमुख तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष रेगिना प्रसाई भट्टराईले दमक अस्पतालको सेवा प्रभावकारिता बढाउन र सेवाग्राहीमैत्री बनाउन सकिने उपायका बारेमा मन्तव्य राखेका थिइन् ।

नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरेका अनु्सार मन्त्री खापुङलाई दमक नगर प्रमुख राम थापाले नगरपालिकाको तर्फबाट स्वास्थ्य सेवालाई भरपर्दो र विश्वाशमुखी बनाउने योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो कार्यक्रममा एकीकृत समाजवादीका राष्ट्रिय परिषद सदस्य केन्द्र प्रसाई, प्रदेश सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, कांग्रेस नगर उपसभापती सागर खनाल, कांग्रेस नगर सचिव दिपेश दाहाल, शहदेब भट्टराई, नेकपा (माओवादी केन्द्र) का दमक इनचार्ज बेदु गौतम, डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीका दमक अध्यक्ष भेषराज भट्टराई, एकीकत समाजवादी झापाका नेता टिका प्रसाई, हरिकृष्ण पौडेल, दमक सचिव सुवाष सुवेदी, चन्द्र थापा, दिपक भट्टराई, राजेश नेपाल लगायतका नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय