दमक, २६ फागुन । संखुवासभामा एकाविहानै बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

संखुवासभा बाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब ७ः३० बजेको समयमा संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले दिएको जानकारीअनुसार अहिलेसम्म दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला भएको उनले जानकारी दिए । घाइते पाँचजनालाई अस्पताल लगिएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।

बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाे प्रहरीले जनाएकाे छ। बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय