काँकरभिट्टा । समाजसेवी बालकृष्ण थापाले नागेश्वर शिवालय मन्दिरलाई ५० हजार सहयोग गरेका छन् ।

मेचीनगर ६ बर्मेली टोलस्थित नागेश्वर मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा थापाले मन्दिरको छत ढलाईलयायतका कार्य गर्ने गरी सो रकम प्रदान गरेका हुन ।

मन्दिर निर्माण समिति संयोजक अर्जुन अधिकारीलाई रकम प्रदान गर्दे थापाले मन्दिर निर्माणले त्यस क्षेत्रमा धार्मिक प्रवद्र्धनको कार्य गर्ने आशा व्यक्त गरे ।

कार्यक्रममा मन्दिर समितिका अध्यक्ष राजकुमार तामाङ, समाजसेवी मिलन राई, नारायण पराजुली, याकुम सुब्बा लगायतको उपस्थिति रहेको थियो निर्माण समिति संयोजक अधिकारीले यसप्रकारको सहयोगले मन्दिर समितिलाई थप उत्साहित बनाएको र अन्य दाताहरुलाई समेत सहयोगका लागि अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय