गौरादह :  बैशाख ३० गते हुने भनिएको आसन्न निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले गौरादहको वडा नम्बर ३ का लागि उम्मेद्वार सिफारिश गरेको छ ।

वडा समितिको आज बसेको बैठकले उम्मेद्वारको टुङ्गो लगाएको हो । बैठकले वडाध्यक्षको उम्मेद्वारमा शेर बहादुर कार्की लाइ सिफारिश गर्ने निर्णय गरेको छ ।उनी माओवादी केन्द्र गौरादहका नगर सचिब हुन । त्यस्तै, खुला सदस्यमा टिकाराम दुलाल र लिला ब कार्कीलाई उम्मेद्बार बनाउने निर्णय गरेको हो ।

महिला सदस्यमा निर्मला तामाङ र दलित महिला सदस्यमा सुक्र माया सुन्दासलाई उम्मेद्वार बनाउने निर्णय गरेको वडा कमिटी अध्यक्ष कुमार पौडेलले जानकारी दिए ।

माओवादी केन्द्र प्रदेश १ का सदस्य रमेश गुरागाइको नेतृत्वमा भएको वडा कमिटीको बैठकले उम्मेद्वारीको टुङ्गो लगाएको नगर इन्चार्ज पुष्प ढकालले जानकारी दिए।वडा समितिबाट उम्मेदवारका लागि सर्वसम्मत भएका नामहरु सिफारिस गर्दै सम्बन्धित कार्यसमितिमा पठाइने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय