गौरादह : झापाको गौरादह नगरपालिका वडा न. ८ का वडाअध्यक्ष गणेश राजबंशीले आगामी बजेट महत्वाकांक्षी नभइ परिणाममुखी ल्याउन वडा लागि परेको बताएका छ्न।

आगामी बजेटमा कृषि, खानेपानी, विद्युत विस्तार , पुर्वाधार विकास र महिला लक्षित क्षमता बिकासका कार्यक्रमलाई प्राथमिकता राखेर योजना बनाइने वडाध्यक्ष राजबंशीको भनाइ छ।

निर्वाचनका समयमा वडाबासीमाझ गरिएको प्रतिबद्धता र वडा न ८ का जनताको आवश्यकताअनुसार वडाले विकासका लागि योजनालाई प्राथमकिता दिइने उनले बताए।


वडामा रहेका ९ वटा टोलसमिती बाट आएका योजनाहरुलाइ वडाले हेरेर थपघट गरेर बजेट निर्माण गरिने बताए ।

उनले वडाको आवश्यकता र जनचाहनामा आधारित भएर योजना छनोट गरिने बताए। उनले भने- ` वडाबासिलाइ स्थानीय सरकार भएको अनुभुती गराउने र वडाबासीको मुख्य समस्या कृषि , खानेपानी , स्वास्थ र शिक्षालाई प्राथमिकतामा राखेर योजना बनाउन टोलसमितिलाइ आग्रह गरेका छौ ।´

गौरादह नगरपालिकाका अन्य वडाभन्दा कम विकसित वडा भएकाले आफु नेतृत्वमा आएपछि वडाबासीलाई आत्मनिर्भर बनाउने खालका योजना आफ्नो प्राथमिकतामा रहेको बताएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय