गौरादह : झापाको गौरादहमा बिगत केही दिन देखि बिधुत आपूर्तिमा निकै समस्या देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई कुनै पनि जानकारी नै नदिइकन अनावश्यक रुपमा बिजुली काटने गरेको छ । प्राधिकरणले बिनाजानकारी अनियमित तरिकाले बिधुत काटिन थालेपछी स्थानीय आक्रोशित भएका हुन ।


हरेक घण्टामा १२/१३ पटक सम्म बिधुत जादै आउदै गरेको एक स्थानीयले बताए । बिधुत आउदै जाँदै गर्दा घरका बिधुतिय उपकरणहरु समस्या आउने थालेको उनले बताए । उनी भन्छन लोडसेडिङ छ भने समय तोकेर लाइन काटियोस ५ मिनेट आउने ३० मिनेट जाने कार्य बन्द होस ।

बिधुत प्राधिकरण गौरादहमा सम्पर्क गर्दा बिधुत आइहाल्ने बताएपनि घण्टौ बिधुत नआउने स्थानीयको भनाइ छ । कुनै स्थानमा समस्या भयो भने तत्काल गएर मर्मत सम्भार गर्ने तर्फ प्राधिकरणले ध्यान नदिएको स्थानीय उपभोक्ताको भनाइ छ ।

 

गौरादह बिधुत प्राधिकरणका प्रमुख धिरेन्द्र बजगाईले “संरचनाले नै नधानेका कारण यो समस्या आएको बताउछन्। तारको क्षमता भन्दा पनि धेरै बिधुत आपूर्ति भएकाले एस्तो समस्या आएको उनी बताउछन्।

 

यस बिषयमा सत्यबिचार डटकमका प्रतिनिधिले नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसग सम्पर्क गरेर बुझ्दा बिधुत बितरणमा अहिले कुनै समस्या नभएको बताए । उनले भने गौरादह आसपासमा भएको बिधुत बितरणको समस्या के रहेछ आफुले बुझेर तुरुन्तै समाधान गर्न पहल गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय