झापा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीमा सबै राजनीतिक दलहरु जुटिसकेका छन्। मंसिर ४ गते हुने निर्वाचनको तयारीका लागि दलहरु चुनाव प्रचारमा गाउँ केन्द्रित भइसकेका छन्।

झापाका पाँच वटा संघीय निर्वाचन क्षेत्र मध्ये सवैेभन्दा बढी राजनीतिक वृतमा चर्चा पाउदैआएको झापा क्षेत्र न. ५ मा यसपटक पनि उनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा संग चुनावी मैदानमा उत्रने आकांक्षा दोहोरयाएका छन् । 

संघिय सांसदका लागि नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री के पि ओलिसंग बलियो प्रतिस्पर्धा गरेर कांग्रेस माओवादीसहितको पाँच दलीय गठबन्धनको जित सुनिश्चित गर्न आफूले उम्मेदवारी दाबी पेश गरेको अधिकारीले बताए ।

उनी भन्छन आफू कांग्रेसको एक इमान्दार सिपाहीं भएकाले पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पूरा गर्न अघिल्लो निर्वाचनमा स्थायी प्राध्यापकको जागिर छोडेर आएको हो । अघिल्लो निर्वाचनमा सबै दलहरू एमालेसग गठबन्धन हुदा काङ्ग्रेस एक्लो महसुस भएकोबेला अपरिचित अनुहार आउदा समेत २८,२९७ मत आफुले प्राप्त गरेको उनको भनाइ छ । यस निर्वाचनमा सहयात्री दलको समेत साथ भएकाले केपि ओलिलाइ सजिलै हराउने उनले बताए ।

अघिल्लो निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेका अधिकारी कांग्रेस भित्रका सबै गुट उपगुटहरुको अन्त्य हुन आवश्यक भएको बताउँछन । आसन्न निर्वाचनमा आफनो क्षेत्रमा गठबन्धन दलको जित हुने संकेतहरु प्रशस्तै देखिएका बताउँदै उनले आफू संघिय सांसदको लागि तयार रहेको र केपि ओलिलाइ हराएर छाड्ने बताएका छन । उनी भन्छन सबै जनताको साथ, सहयोग र सहकार्यबाट नै हामी यहाँ चुनाव जित्छौं त्यो संकेत स्थानीय चुनावको परिणामले पनि देखाइसकेको छ ।

अधिकारिले सत्यबिचार प्रतिनिधिसग कुराकानी गर्दै उनले भने “अघिल्लो निर्वाचनमा मलाइ एक्लो महसुस भएतापनी यस निर्वाचनमा केही साथिहरुले दाबेदारी दिइरहनु भएको छ । तर सबै साथिहरुले यस पटक मलाइ साथ दिनुहुनेछ । साथै आकाक्षीहरु बिच कुनै पनि पक्ष विपक्ष नभएर सबै एकजुट भएर निर्वाचनमा बिजय हासिल गर्नेछौ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय