दमक । सरकारले मङ्सिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरूले आफूले गरेको काम र आउने दिनमा गर्ने कार्यसूची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरूले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् ।

झापाको क्षेत्र नम्बर ५ को ‘ख’ बाट यस पाली प्रदेश सभाको निर्वाचनमा नेकपा माओवादीका युवा नेता गगन पुरीको सम्भावना देखिएको छ । पुरिले स्थानीय चुनाव सकिएपछि निरन्तर जनताको बिचमा रही नेकपा माओवादीलाई थप बलियो बनाउनका लागि सक्रियपुर्वक लागेका छन् ।

स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा मेयर पदको उम्मेदवारी दिने पूर्ण तैयारीमा रहे पनि स्थानीय जिल्ला, प्रदेश तथा केन्द्रका शीर्ष नेताहरू तथा गठबन्धन दलको विशेष आग्रहमा उम्मेदवारी नदिएका पुरीले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने देखिएको छ । गत स्थानीय तहको निर्वाचनमा राप्रपा ,काङ्ग्रेस र माओवादीका शिर्ष नेतृत्वबिच भएको सहमतिमा राप्रपालाई मेयर र काङ्ग्रेसलाई उपमेयरलाई उम्मेद्बार बनाएर पुरीलाइ प्रदेश सभा सदस्यमा उम्मेद्बार उठाउने सहमति भएको श्रोतले बताएको छ ।

माओवादी केन्द्रका प्रदेश १ का कोषाध्यक्ष समेत रहेका पुरी असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार यसपाली पुरीलाई नै टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

स्थानीय निर्वाचनमा पुरीले टिकट नपाए पनि गठबन्धनबाट मेयरका उम्मेद्बार राप्रपाका राम थापा र उपमेयर काङ्ग्रेसकी रेगिना भट्टराई का लागि घरदैलो गरि मत माग्नमा निकै सहयोग पुर्याएका छन् । उनलाई पार्टीले प्रदेश सभा निर्वाचनका लागि टिकट दिए जीत्ने प्रबल सम्भावना देखिएको स्थानीयले बताएका छन् । यस बिषयमा सत्यबिचार प्रतिनिधिले पुरीसग जिज्ञासा राख्दा उनले माओवादी केन्द्रलाइ गठबन्धनबाट संघमा भए संघमा र प्रदेशमा भए प्रदेश ख मा उम्मेद्बारी दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय