झापा : केही बर्ष अघिसम्म साविक गाैरादह गाविसकाे डिपुचाैकमा व्यवसाय गरि सामान्य जीवन बिताई रहेका जीवन राई यतिवेला झापा क्षेत्र नं. ५ (१) मा चर्चित उमेद्वारकाे रुपमा चुनावी मैदानमा छन् ।

उनी यहि मंसिर ४ गते हुन गईरहेकाे आम निर्वाचनमा प्रदेशसभा सदस्य पदमा बलियाे दावेदारका रुपमा निर्वाचनकाे दाैडधुपमा लागेका छन् । उनलाई गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसले चुनावी मैदानमा उतारेकाे हाे ।

व्यावसायिक पृष्ठभूमिका जीवन राई राजनीतिमा चुनाैतिका बीच उदाएका स्थानिय नेता हुन् । यसो त झापा क्षेत्र नं. ५ मा पर्ने गाैरादहलाई कम्युनिस्टको गण मानिन्छ । पारिवारिक राजनीतिक पृष्ठभूमि भएका प्रभावशाली कम्युनिस्ट नेताहरु भएकाे ठाउँमा राईकाे उदय सहज रुपमा भएकाे थिएन । विद्यार्थी कालदेखि नेपाली कांग्रेसप्रति झुकाव राख्ने राई वि. स २०७३ सालमा भएकाे गाैरादह उद्योग बाणिज्य संघकाे निर्वाचनमा बिजय भएसंगै स्थानिय राजनीतिमा स्थापित भएका हुन् ।

गाैरादह नगर उद्याेग बाणिज्य संघकाे संस्थापक अध्यक्ष हुन निर्वाचन लडिरहदा उनले एमालेकाे दवदवालाई चिर्न सफल भएका थिए । साविक गाैरादह गाविसमा झापा उद्योग बाणिज्य संघकाे शाखा कार्यालय रहदाँदेखी संघमा नेकपा एमालेले एक छत्र राज गरिरहेकाे अवस्थालाई उनै राईले नेपाली कांग्रेसकाे पाेल्टामा ल्याउन सफल भएका थिए ।

त्यतिवेला एमालेका दुई उम्मेदवारलाई परास्त गर्दै उद्योग बाणिज्य संघमा निर्वाचित हुनु उनकाे मात्र सफलता नभएर गाैरादहमा नेपाली कांग्रेसकाे समेत सफलता भएकाे स्थानिय जानकारहरु बताउँछ ।

त्यसयता राईले राजनीति र सामाजिक जिवनमा पछाडि फर्कनुपरेकाे छैन । संघकाे निर्वाचन लडनु पहिले नेपाली कंग्रेसकाे भातृ संगठन तरुणदलकाे सदस्य रहेका राई यतिवेला नेपाली कांग्रेस प्रदेशसभा (क) का सभापति हुन् । अहिले उनकाे उचाई पार्टीगत रुपमा मात्र हैन सामाजिक क्षेत्रमा समेत निकै लोकप्रिय छ ।

गाैरादह लगायत यस क्षेत्रका मृगौला पीडित, क्यान्सर पिडित लगायत न्यून आर्थिक अवस्था भइ उपचार गर्न कठिनाई भएको परिवारको सहयोगमा सदैव अग्रपंक्तिमा रहने गरेकै कारण राईको लोकप्रियता चुलिदै गएको छ ।

कोभिड- १९ को त्रासदीपूर्ण अवस्थामा चामल, दाल, लताकपडा लगायतका खाद्यान्न सामाग्री बोकेर विपन्न समुदायका घरघरमा पुग्दै समाजसेवाको बलियो उदाहरण बनेका राई बर्षाकाे मौसममा हुने बाढीको चपेटामा परेका नागरिकको उद्दारमा समेत सक्रिय रहदै आएका छन् ।

आफ्नाे सामाजिक काम र नेतृत्व क्षमताका कारण स्थानिय र युवाहरुमाझ लाेकप्रिय राईकाे टक्कर मंसिर ४ काे निर्वाचनमा गाैरादहकै स्थानीय बासिन्दा रहेका अघिल्लाे पटक यस क्षेत्रबाट निर्वाचन जितेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीसंग रहेकाे छ ।

चुनाैतीलाई अवसरमा बदल्न माहिर जिवन राई स्थानियकाे साथ र सहयाेगले आफुले चुनाव जित्नेमा ढुक्क छन् । राई भन्छन् ‘ म यहाँको माटोमा दु:ख -सुख साटेर साथीभाई राखेर समाजसेवा गर्ने मान्छे हो । दु:ख के हो, आम भुइँ मान्छेका समस्या के हुन्छन ? भन्ने मलाई राम्रो संग थाहा छ । म आफैं पनि सामान्य वर्गको मान्छे हो । मलाई राजनीति गर्ने भन्दा पनि आफू जन्मे हुर्केकाे ठाउँलाई एकपटक बनाउनु पर्छ भन्ने लाग्छ ।’

राईकाे बिचारमा यस क्षेत्रमा विकासका अनेकौं सम्भावना रहेको भएतापनि सहि नेतृत्वको अभावका कारण विकासको गति एकदमै सुस्त हुदै गएको छ । यस क्षेत्रबाट प्रदेश र केन्द्रिय राजनीतिमा प्रभाव राख्नेहरुले पटक पटक निर्वाचन जितेर गएपनि यस ठाउँकाे विकासमा प्रयाप्त ध्यान दिन नसकेकाे उनकाे बुझाई छ ।
राई भन्छन् ‘यसक्षेत्रकाे विकासकाे लागी म संग स्पष्ट भिजन छ । मैले विगतमा पटकपटक उच्चारण गरेको `५ स´ को साझा संकल्प अर्थात सहमती, सहकार्य, सहभागिता, सम्मान र सह-अस्तित्वको भावनालाई सदासर्वदा हृदयङ्गम गरि सबैको सदासयता, साथ, विश्वास, ममता र आशीर्वाद लिएर कहिकसैको स्वभिमानलाई आघात नगर्ने र कसैको शिरलाई झुक्न नदिने र कसैको विश्वासलाई टुट्न नदिने गरि काम गर्नेछु।’

उनले स्थानिय स्तरमा गरेकाे कामका कारण मलाई सबै दल र स्वतन्त्र विचार राख्ने आम मतदाताले मतदान गर्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास रहेकाे बताउदैं, प्रदेशसभामा निर्वाचित गराउनुभयो भने तन, मनका साथ स्थानियहरुको एक सहयोगीको रुपमा रहनेछु र यहाँका सबैखाले समस्यालाई समाधान गर्न मात्र आफ्नो ध्यान केन्द्रित हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय