गौरादह : २०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा गौरादह नगरपालिकाको मेयर पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने ७ जनाले उप–मेयरमा मनोनयन पत्र दर्ता गराएका थिए ।

राजनीति दलबाहेक गौरादह नगरपालिकाको मेयरमा ६ जना र उप–मेयरमा २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका दिएका थिए ।

महानगरको मेयरमा नेपाली कांग्रेसबाट रोहित कुमार साह , एमालेबाट मदन प्रसाद अधिकारी , संघीय समाजवादी फोरमबाट खसुरधन राई , राप्रपाबाट खेमराज तिम्सिना , नेकपा माओवादी केन्द्रबाट पुष्पराज ढकालले उम्मेद्वारी दर्ता गराएका थिए ।

स्वतन्त्रबाट स्वतन्त्रमा उमेश कार्की , कबिता निरौला , चन्द्रमाया रिजाल , झुमादेबी अधिकारी , राधिका पौडेल ,सेरे भुजेलले मेयरमा मनोनयन दर्ता गराएका थिए ।

त्यसैगरी, उप–मेयरमा कांग्रेसबाट सुमित्रा कुमारी खरेल , माओवादी केन्द्रबाट अर्पना राजबंशी , संघिय समाजबादी फोरमबाट हेमसरी राजबंशी , नेकपा एमालेबाट गिता भेट्वाल र राप्रपाबाट बालिका रायमाझीले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्रबाट उप–मेयरमा भवानी प्रसाद फुयाल र सीता भट्टराईले मनोनयन दर्ता गराएका थिए ।

कसले कति मत ल्याएका थिए ?

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा गौरादह नगरपालिकाको मेयरमा कांग्रेसका रोहित कुमार साह र उपमेयरमा नेकपा एमालेकी गिता भेट्वाल विजयी भएका थिए ।

शाहले १० हजार ३ सय ८ मत प्राप्त गरी विजयी भएका हुन । उनको निटकतम प्रतिस्पर्धी एमालेका मदन प्रसाद अधिकारीले ९ हजार ८ सय ५४ र नेकपा माओवादी केन्द्रका पुष्पराज ढकालले ३ हजार ४ सय २८ मत प्राप्त गरेका थिए ।

उपमेयरमा एमालेकी गिता भेट्वालले १० हजार ६ सय २० र उनको निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकि सुमित्रा कुमारी खरेलले ७ हजार ९ सय ११ मत प्राप्त गरेकी थिइन् । नेकपा माओवादी केन्द्रकी अर्पना राजबंशी तेस्रो स्थान प्राप्त गर्दै ३ हजार ९ सय २० मत ल्याउन सफल भएकी थिइन् ।

गौरादहमा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले , नेपाली काङ्ग्रेस , माओवादी केन्द्र , राप्रपा र संघीय समाजवादी फोरमले मेयरउपमेयरमा एकल उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको थियो।

गौरादह नगरपालिकाको अन्तिम मत परिणामअनुसार ९ वटा वडामध्ये मध्ये नेकपा एमालेले ६ , नेपाली काङ्ग्रेसले ३ वटा वडामा स्थानमा जित्न सफल भएका थिए । नेकपा एमालेले वडा नं. १, ३, ४, ५, ७, ८ मा जित हात पारेको थियो भने नेपाली काङ्ग्रेस वडा नं. २,६ र ९ मा गरेर तीन स्थानमा विजयी भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय