
गौरादह : झापाको गौरादहमा रहेको गौरादह कृषि क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी कमिटी गठन भएको छ ।
आज गौरादह कृषि क्याम्पसमा भएको गौरादह कृषि क्याम्पस इकाइ भेलाले ११ सदस्यीय कमिटी गठन गरेको छ ।
भेलाले दिवश पंथीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो त्यसरी नै उपाध्यक्षमा बालहरी अर्याल सचिबमा प्रकाश जर्साल सदस्यहरुमा अर्बिन चौधरी , नवीन थापा , मोनिज राई , बिष्णु प्रताप केसि , रबिना थापा , सुस्मा राउत र सुलभ भट्टराई रहेका छन भने इन्चार्जको जिम्मेवारी समीर बोहोरालाइ दिइएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ सदस्य रमेश गुरागाइ , माओवादी केन्द्र गौरादह नगर इन्चार्ज पुष्प ढकाल , माओवादी केन्द्र गौरादह नगर अध्यक्ष डन्डिराज घिमिरे , वाइसियल नगर अध्यक्ष धर्म चौहान लगायतको उपस्थिति रहेको थियो ।