झापाको गौरीगन्ज गाउपालिकाका जनप्रतिनिधिले आगामी बजेट परिणाममुखी र महिलामैत्री बजेट ल्याउन गाउपालिकाले तयारी गरिरहेको बताएका छन ।

रिपोर्टर्स क्लब नेपाल मेची शाखाले आज गाउपालिका सभाहलमा आयोजना गरेको ‘नया बजेट र अबको प्राथमिकता’ बिषयक साक्षात्कार कार्यक्रम सहभागी जनप्रतिनिधिले सो कुरा बताएका हुन ।

कार्यक्रममा सहभागी गाउपालिका अध्यक्ष,उपाध्यक्ष,वार्ड अध्यक्ष र सदस्यहरूले गौरीगन्जको समग्र बिकासको लागि आगामी बजेट परिणाममुखी र ठोस योजनाका साथ आउने र खासगरी महिलामैत्री बजेटलाई प्राथमिकतामा राखिने बताए

गाउपालिका अध्यक्ष फूलवती राजबंशीले बिकासको सम्भावना भएर पनि लामो समय देखि पछाड़ी पर्दै आएको यो क्षेत्रको समग्र बिकासको लागि गहन अध्ययन गरेर जनमुखी बजेट ल्याइने बताइन ।

उनले बिकासको नाममा बाटो र पुल बनाउनु मात्र अब बिकास नभएको बताउदै बिकासको मोर्डललाई नागरिकको जिवन स्तर संग जोडेर मानबीय बिकासका लागि आवश्यक पर्ने स्रोत साधनको ब्यवस्थापन र संचालनको पूर्व तयारीको साथ बजेट आउने बताइन ।

उनले यो क्षेत्रमा कृषि बजार आवश्यक भएको बताउदै यो बजेटमा कृषि बजारको तयारी गरिएको सुनाइन । अध्यक्ष राजबंशीले यस अघि गाउपालिकाले पुरा गर्न बाकी रहेका योजना र कार्यक्रमलाई पुरा गर्दै आगामी ५ बर्स भित्रमा गौरीगन्ज गाउपालिकालाई नमूना गाउपालिकाको रूपमा बिकास गर्ने गरी बजेट जनमुखि र अवश्यकताको आधारमा योजना र कार्यक्रम संचालन हुने बताइन ।

कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले गाउपालिका भित्र देखिएका स्वास्थ्य,शिक्षा,पुल, तटबन्धन,बेरोजगार र अवश्यकताको आधारमा हुने बिकास निर्माणलाई प्राथमिकतामा नै राखिने बताउदै अबको बजेटमा सुन्ने नभइ देख्ने बिकास गर्ने गरी बजेट आउने बताइन ।

उनले महिलालाई प्राथमिकतामा राखेर महिला लक्षित कार्यक्रम अबको बजेटमा समाबेश हुने बताइन ।

कार्यक्रममा सहभागी वार्ड अध्यक्षहरूले अबको बजेट फरक र परिणाममुखी आउनु पर्नेमा जोड दिएका थिए । उनीहरूले स्थानीय परिबेश र अवश्यकताको अध्ययन नगरी बिगतमा बजेट तर्जूमा हुने गरेको प्रति ध्यानाकर्षण गराउदै पहिलो आवश्यकता र जनताको मागलाई सम्बोधन हुने कार्यक्रम बजेटमा आउनु पर्ने बताएका थिए ।

कार्यक्रममा वार्ड नम्बर १ का वार्ड अध्यक्ष कातिकलाल राजबंसी,वार्ड नम्बर २ का अध्यक्ष किनालाल राजबंसी,वार्ड नम्बर ३ का अध्यक्ष श्रवण गिरी,वार्ड नम्बर ४ का फिका गिरी, वार्ड नम्बर ५ का बिजय प्रसाद गनगाई,वार्ड सदस्य रिता तामाङ पत्रकारहरू आत्मराम राजबंशी,राजेन्द्र चम्लागाई लगायतले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रम शुरू हुनु अघि गौरीगन्ज गाउपालिका भित्र देखिएका समस्याको समाधानमा अबको बजेटले समेत्नु पर्ने मुख्य बिषयहरूको बारेमा भिड़ियो रिपोर्ट प्रस्तुत गरिएको थियो ।

जनप्रतिनिधि, पत्रकार र स्थानीय नागरिकको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की,प्रहरी निरीक्षक जितेस दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय