धुलाबारी, १५ असार । नेपाल मानव धर्म सेवा समिति (श्रद्वेय आश्रम) धुलाबारीमा धान रोपाइँ विशेष कार्यक्रम सम्पन्न भएको छ ।

असार १५ अर्थात धान दिवसको अवसरमा आयोजना भएको कार्यक्रमको उद्घाटन मानव धर्म सेवा समितीकि केन्द्रीय प्रभारी महात्मा चमेली बाइजीले धान रोपेर सुरुवात गरेकी हुन् ।

धान रोपाइँ कार्यक्रमा मानव धर्मका केन्द्रीय कार्य समिति पदाधिकारी, मेचीनगर लेडि जेसिस, पतन्जल योग समिति, मेचीनगर बाणिज्य संघका पदाधिकारी, मेचीनगरका विभिन्न विद्यालयका विद्यार्थीहरु लगायत मानव धर्मका विभिन्न शाखाका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

सो संस्थाले हरेक बर्ष असार १५ मा धान दिवसमा रोपाइँ कार्यक्रम गर्दै आएको छ ।

साथै विभिन्न सामाजिक कार्यहरु रक्तदान, नगर सरसफाइ, शिक्षा अभियानका कामहरु गर्दै आइरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय