दमक । सरकारले स्थानीय तहको निर्वाचनको मिति आगामी बैशाख ३० गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचन घोषणा भएसँगै दलहरु स्थानीय तहमा केन्द्रीत भएर कार्यक्रम गर्न थालेका छन् । नेकपा माओवादी केन्द्र दमकले सबैभन्दा अघि बढेर टोल कमिटी गठन लगायत स्थानीय स्तरका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ ।

यसरी दलहरु स्थानीय तहमा केन्द्रीत भइरहँदा विभिन्न स्थानीय तहका जनतालाई आगामी उम्मेदवारहरुको विषयमा चासो हुन थालेको छ ।

यसैबिच झापाको दमकमा पनि दलहरुले चुनाव केन्द्रीत कार्यक्रम गरिरहेका छन् भने आगामी निर्वाचनका उम्मेदवारको विषयमा पनि चर्चा हुन थालेको छ । पछिल्लो समय दमक नगरपालिकाको नगर प्रमुखमा माओबादी केन्द्रका नेता दुर्गा चौलागाई (श्रीकान्त)ले आफ्नो दाबी रहेको बताएका छन ।

दमकको प्रभावशाली व्यक्तित्वको रुपमा पहिचान बनाएका चौलागाईं नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य समेत हुन ।

उनी भन्छन गठबन्धन हुन्छ हुदैन त्यो एउटा कुरा हो तर पार्टीभित्र म नगर प्रमुखमा मेरो दाबी हो । पार्टीमा अरु कस्ले के दाबी गरेभन्दा पनि मेरो नगर प्रमुखमा शशक्त दाबी हो ।

युवाहरुलाई सँधै सकरात्मक काममा अघि बढ्न प्रेरणा र हौसला प्रदान गर्ने चौलागाईंलाई युवाहरुले एक आदर्श व्यक्तिको रुपमा लिने गरेका छन् ।

श्रोतला अनुसार पार्टीले समेत दमकमा नगर प्रमुखको उम्मेदवारको पहिलो प्राथमिकतामा उनलाई नै राखेको नेता कार्यकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय