चैत्र ३० । नेकपा माओवादी केन्द्र गौरादह नगर समितिले वडातहमा निर्वाचन परिचालन कार्यालय उद्धघाटनलाई तिव्रता दिएको छ । स्थानीय तहको चुनाव नजिकिए संगै गौरादहका विभिन्न वडामा निर्वाचन परिचालन कार्यालय स्थापना गर्दै अघि बढेको पाइएको हो ।

आज गौरादह ९ स्थिति बैगुन्धुरामा एक कार्यक्रम आयोजना गरेर पार्टी कार्यलय उद्घाटन गरिएको हो ।

कार्यालयको उद्धघाटन गर्दै नेकपा माओवादी प्रदेश १ सदस्य रमेश गुरागाइले गणतन्त्रलाई संस्थागत गर्न र आमजनताको पक्षमा उभिने पार्टि माओवादी केन्द्र भएको दाबी गरेका छन् ।

उनले जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ जनपक्षीय भएर कार्य सम्पादन भएको उल्लेख गरे । पार्टिसंग नविन सोच, विचार भएका कारण देशब्यापी रुपमा माओवादीमय भएको उनले बताए ।

यस्तै,कार्यक्रममा नेकपा माओवादी केन्द्र गौरादह नगर इन्चार्ज पुष्प ढकालले नेपाली जनतामा शासन र दमन गरेको सामान्ती राजसंस्थालाई माओवादीको जनयुद्धले ढाल्न सफल भएको कुरा उल्लेख गरेका छन् ।

दलित,आदिबासी,जनजाती,महिला र हरेक समुदायको हकअधिकार सुनिश्चित गर्न पार्टि लडिरहेको बताउदै सुखी नेपालीको अभियानलाई साकार पर्ने दिशा तर्फ केन्द्रीत भएको उनले बताए ।

त्यस्तै सोही कार्यक्रममा   गौरादह ९ पार्टी सदस्य स्व. होप्ना मुर्मुको निधन पश्चात परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको नगर इन्चार्ज ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय