झापा
नेकपा एमालेले मेचीनगर ६ मा पार्टीको तर्फबाट हुने उम्मेद्वारहरु घोषणा गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर ६ को वडा अध्यक्षमा बालकृष्ण थापा उम्मेद्वार हुने भएका छन ।

मेचीनगर ६ को एमाले प्रचार प्रसार कार्यालय उदघाटनको अवसरमा गरिएको उम्मेद्वारी घोषणामा अध्यक्षमा थापा सहित खुल्ला सदस्यमा ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहनु भएको छ । त्यस्तै महिला खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्बसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगरकमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर ६ का वडा कमिटिका अध्यक्ष प्रितम काफ्लेले बताउनु भयो ।

एमाले जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको प्रचार कार्यालय उदघाटनका अवसरमा घोषणा गरिएका उम्मेद्वारहरु नै एमालेका तर्फबाट मेचीनगर ६ का लागि अन्तिम भएको भए पनि जिल्ला कमिटिले उम्मेद्वारका रुपमा निर्णय गर्न भने बाँकी रहेको एक एमाले नेताले बताउनु भयो
थापामा सामाजीक ब्याक्तिको रुपमा परिचित रहदै आउनु भएको छ । स्थानीय क्षेत्रमा जनता माझ लोकप्रिय रुपमा चिनिएका थापाको जित सुनिश्चित हुन सक्न चर्चा चल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय