गौरादह : नेकपा माओवादी केन्द्रले दमक नगर कमिटिले मेयर ,उपमेयर र वडाध्यक्षको उम्मेद्वार सिफारिश गरेको छ ।

दमक नगर पदाधिकारीको आज बसेको बैठकले उम्मेद्वारको टुङ्गो लगाएको हो । बैठकले मेयरको उम्मेद्बारमा रेवतराज पुरी ( गगन ) , दुर्गा चौलागाईं ( श्रीकान्त ) र भुमिका कोइरालालाइ सिफारिश गर्ने निर्णय गरेको छ ।पुरी माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष हुन भने चौलागाईं र कोइराला प्रदेश १ सदस्य हुन ।

त्यस्तै उपमेयरमा बेदु गौतम  र राधिका ओझाको नाम सिफारिस गरिएको छ । गौतम दमक नगर इन्चार्ज हुन भने ओझा झापा जिल्ला सदस्य हुन ।

त्यस्तै १ नम्बर वडाको वडाध्यक्षमा तीन जनाको नाम सिफारिस भएको छ । जसमा तिर्थराज बस्नेत ( शंखर ) , पदम सापकोटा र प्रेम बेघा रहेका छन ।

त्यस्तै २ नम्बर वडाको वडाध्यक्षमा रुद्र कार्की , ३ नम्बर वडाको वडाध्यक्षमा अनिल थापा र हरि धिमाल , ४ नम्बर वडाको वडाध्यक्षमा बेदप्रसाद चापागाईं , ५ नम्बर वडाको वडाध्यक्षमा एकराज लुइँटेल , ६ नम्बर वडाको वडाध्यक्षमा यामजी श्रेष्ठ , ७ नम्बर वडाको वडाध्यक्षमा लालसुन्दर राई र दिलिप बुढाथोकी , ८ नम्बर वडाको वडाध्यक्षमा प्रकाश तिम्सिना , ९ नम्बर वडाको वडाध्यक्षमा नगेन्द्र घोर्साइ , १० नम्बर वडाको वडाध्यक्षमा गंगाराज धिमालको नाम सिफारिस गरिएको दमक नगर इन्चार बेदु गौतमले बताए ।

आज बसेको नगर पदाधिकारीको बैठकले उम्मेद्वारीको टुङ्गो लगाएको र  जिल्ला कमिटीमा सिफारिस गरिएको नगर अध्यक्ष रबि बस्नेतले बताए।यस अघि नगर समितिको पुर्ण बैठकले नगर पदाधिकारी लाइ उमेद्वार टुङ्याउने जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय