झापा ।। झापा मेचीनगर नगरपालिका को आसन्न बैशाख ३० को निर्वाचनमा राप्रपाको तर्फबाट सविना कट्टेल बजगाइले उम्मेदवारी दिने भएकी छिन् ।

पाटी भित्र मात्रै नभएर निम्न वर्गका जनता माझमा समेत परिचित बजगाइ चारआली निवासी हुन । बिगत लामो समय देखी राप्रपा नेपालमा महत्वपूर्ण भूमिका निभाउदै आउनु भएकी सविना राप्रपा मेचीनगर अध्यक्षको रुपमा रहनु भएको हो ।

जनताको पिर मर्का सँग परिचित सविना केही गरौ समाज का लागि भनेर हरेक समय तल्लिन रुपमा देख्न सकिन्छ । पाटी भित्र मात्रै होइन उहाँको जुझारु प्नको जो कोहीले प्रशंसा गर्ने गरेका छन । उनै सविना मेचीनगर नगरपालिको उप प्रमुखमा आफनो उम्मेदवारी दिने तयारीमा छिन । नगर भित्र हुने जुन सुकै भष्टचार नियन्त्रणमा आफनो महत्वपूर्ण भूमिका रहने बताइन् । आफुले उपप्रमुख जितेको खण्डमा पाउँने सेवा सुबिधा कुनै नलिने उनले घोषणा समेत गरेकी छिन । राप्रपा ले आफनो घोषणापत्र मा सुत्केरीलाई तीन महीनासम्म तीन हजार रुपैयाँ भत्ता,सामूहिक खेती गर्नेलाई समूहमा अनुदान दिने व्यवस्थ ागर्ने घोषणा समेत गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले घोषणापत्र सार्वजनिक गरेको हो । मंगलबार पार्टीले घोषणापत्र सार्वजनिक गर्दै प्रत्येक वडामा प्रसूति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महीनासम्म मासिक तीन हजार भत्ता उपलब्ध गराइने जनाएको छ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध खोप, प्रत्येक स्थानीय तहमा न्यूनतम एक सुलभ औषधि पसलको पनि राप्रपाले व्यवस्था गर्ने उल्लेख गरेको छ।

 

कृषितर्फ राप्रपाले किसानको खेतखेतमा बिजुली तथा कृषि तथा बाली बिमाको पनि व्यवस्था गरेको उल्लेख गरेको छ। त्यस्तै सामूहिक खेती गर्ने समूहलाई अनुदानको पनि व्यवस्था मिलाइने पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ।

सुशासनमा यस्ता छन् राप्रपाका योजना
भ्रष्टाचारमुक्त स्थानीय तह
जनतालाई निष्पक्ष र छिटो छरिटो सेवा।
चुनाब जितेको ६ महीनाभित्र विपन्न परिवारको पहिचान गर्ने
६ महिना भित्र सबै स्थानीय ऐनहरुको निर्माण तथा परिमार्जन गर्ने शिक्षा
१२ कक्षा सम्म पूर्ण निःशुल्क शिक्षा। सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय।
सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा
प्रारम्भिक बालविकास शिक्षा र कार्यक्रमलाई गुणस्तरीय बनाउन प्राथमिकता गरिबीको रेखामुनि रहेका वर्ग तथा अल्पसंख्यक समूहका न्यूनतम एकर एक जना प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्व (एमबीबीएस) र इन्जिनियरिङ (स्नातक तह) अध्ययन गर्न छात्रवृत्ति विद्यालयका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण। विद्यालयमा छावामैत्री वातावरण निर्माण (सबै विद्यालयमा छात्रा शौचालय)
विद्यालयमा लागु औषध दुर्व्यशनविरुद्ध नियमित रुपमा अभियान सञ्चालन प्रत्येक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था
बेरोजगार तथा सीपविहीन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना।
प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा।
फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय