काठमाडौ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा देशभरजस्तै झापामा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि ओलिको गृह नगर झापाको दमकमा पनि स्थानीय निर्वाचनका लागि विभिन्न दलबाट विभिन्न व्यक्तिहरुको चर्चा सुरु भएको छ ।

केन्द्रीय राजनीतिमा पनि युवा पुस्ताको उपस्थिति भएसँगै गाउँ र नगरस्तरमा पनि युवा प्रतिनिधिहरु आउनुपर्नेमा मतदाता एवं कार्यकर्ताहरु एकमत देखिएका छन् । यसैअनुसार दमक नगरपालिकाको नगरप्रमुखमा माओवादी केन्द्र प्रदेश १ कोषाध्यक्ष तथा दमकका युवानेता गगन पुरिको नाम चर्चामा रहेको छ ।

पाँच दलिय गठबन्धनमा दमक नगरपालिकाको नगरप्रमुख माओवादी लाई दिने सहमति नजिक पुगेकाले माओवादी केन्द्रका नेता पुरी लाई उमेदवार बनाउँदा दमक नगरपालिकामा युवाहरूको आकर्षण बढ्ने र दमकलाइ नमुना नगर बनाउन सक्ने उम्मेदवारका रुपमा हेरिएको छ ।

नगरप्रमुखमा पुरीको चर्चासँगै यसअघि सो नगरमा जित हात पारेको एमालेमा ठुलै हलचल मच्चिएको एमालेका एक स्थानीय नेताले बताए । ‘मिलनसार, सामाजिक भावना भएको र युवामा पकड भएकाले गठबन्धनको तर्फबाट  गगनजी उमेदवार बन्दा हाम्रो पार्टीले जित्न कठिन छ ’ एमालेका ती स्थानीय नेताले भने ।

पुरिको चर्चासँगै दमकमा भने सबै बर्गका जनताहरुमाझ नयाँ उत्साह देखिएको छ । नगरका युवा, महिला, पुराना नेता, कार्यकर्ता पुरी उमेदवार बने यसपटक नगरमा माओवादि इतिहास रच्दै आगामी ५ वर्षमा दमक नगरपालिकाले विकासमा फड्को मार्ने विश्वास लिएको बताउँछन् ।

युवा नेता पुरि ले अहिले प्रारम्भिक रुपमा जनमत बुझ्दै सक्रिय रुपमा नगरपालिकाभरिका जनतामाझ पुगेका छन् । नगरका गाउँ–गाउँ पुगिरहेका उनले स्थानीय र पार्टीका नेता कार्यकर्ताको साथ लिएरै अघि बढ्ने बताए ।

‘म पार्टीको इमान्दार सिपाही हुँ । गाउँगाउँ पुग्दा युवा नेतृत्व आउनुपर्छ भन्ने मत जवर्जस्त देखेको छु,’ उनले भने, ‘पार्टीले जिम्मेवारी दिए पछि हट्दिन ।उनले सत्यबिचार डटकम सग कुराकानी गर्दै उनले भने `झापाको दमकलाई नेपालकै उत्कृष्ट नगर बनाउने सपना र प्रष्ट योजना म सँग छ , पार्टीले जे निर्यण गर्छ म त्यसलाइ आत्मसाथ गर्दै अगाडी बढ्ने छु। ´

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय