झापा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टोली यतिवेला देश दौडाहामा निस्किएको छ ।

यसैक्रममा उनिसहितको टोलि बिहिबार पुर्वी जिल्ला झापा आउँने भएका छन ।

लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो चुनाव चिन्ह गोलाकार भित्र घण्टी सहित दर्ता भएको पार्टी सदस्यता बिस्तारको लागि देश दौडानमा निस्किएको हो ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेलामा सबैलाइ उपस्थितीका लागि आग्रह गरेका छन ।


भेला झापाको बिर्तामोड स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार हुदैछ ।त्यस्तै ३१ गते शुक्रबार सुनसरीको धरान स्थित बसुन्धरा स्मृति सदनमा र ३२ गते शनिबार मोरङको बिराटनगर स्थित जैन भवनमा जिल्ला भेला हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय