दमक : नेकपा माओवादी केन्द्रले झापा क्षेत्र नं. ५ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको प्रदेश समितिको वैठकले ‘क’ मा ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश समितिले माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामाङ , माओवादी केन्द्र गौरादहका सह इन्चार्ज माधव भट्टराई र प्रदेश `क´ क्षेत्रीय अध्यक्ष सिताराम अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

सो नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने बताइएको छ ।
त्यस्तै वैठकले क्षेत्र नं. ५ ‘क’ बाट समानुपातिकमा हुकुम सिंह नेपाली र अनिसा झागरको नाम सिफारिस गरेको समितिले जनाएको छ ।

आगामी ४ मंसिरमा हुने प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्वारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय