दमक : नेकपा माओवादी केन्द्रले झापा क्षेत्र नं. ५ को प्रदेश समितिले ‘ख’ बाट प्रदेश सभाका लागि तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको प्रदेश समितिको वैठक `ख’ मा ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश समितिले माओवादी केन्द्रका प्रदेश १ का कोषाध्यक्ष गगन पुरी , माओवादी केन्द्र प्रदेश १ सदस्य तथा क्षेत्र न ५ ख प्रमुख बिरेन्द्र बस्नेत र माओवादी केन्द्र प्रदेश १ सदस्य तथा दमकका इन्चार्ज बेदु गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै वैठकले क्षेत्र नं. ५ ‘ख’ बाट समानुपातिकमा डम्बर पुलामी ( कर्मा ) , भुमिका कोइराला र अजय अग्रवालको नाम सिफारिस गरेको समितिले जनाएको छ ।

साथै संघीय सांसदका लागि रंजित तामाङ , सुरेन्द्र बस्नेत , गगन पुरी र रमेश गुरागाइको नाम सिफारिस भएको जनाएको छ । साथै संघिय समानुपातिकका लागि सन्तोष गौतम , राधिका ओझा , गणेशमान धिमाल र नरेन्द्र सावाँ सिफारिस भएका हुन ।

सो नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने बताइएको छ ।

आगामी ४ मंसिरमा हुने प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्वारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय