झापा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीका अध्यक्ष र सचिवद्वयले सामूहिक राजिनामा दिएका छन । युवा संघका अध्यक्ष अनिल मेचे र सचिव मनोज सुवेदी तथा अनेरास्ववियुका अध्यक्ष बिजय राई र सचिव अभिषेक खतिवडाले सोमबार (आज) संयुक्त विज्ञप्ती जारी गरि सामूहिक राजिनामा दिएको जनाएका हुन ।

उनीहरुले आफूहरु पार्टीको जनवर्गीय संगठनमा लामो समयदेखि आवद्ध भइ संघर्ष गरिरहेको अवस्थामा नेकपा एमालेले फरक राजनीतिक आस्था र बिचार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रतिनिधिसभाको निर्वाचनमा चुनावी तालमेल गरेको कुरा स्विकार्य नभएको विज्ञप्तीमा उल्लेख गरेका छन । पार्टी कमिटी र नेताहरुको हर्कतका कारण आफूहरुले राप्रपाको लागि भोट माग्न र चुनावी कार्यक्रममा सहभागी हुन नसक्ने उनीहरुले जनाएका छन ।

उनीहरुले अलग राजनीतिक दललाई स्थापित गराउन र आफू र आफ्ना कार्यकर्तालाई सदाका लागि बिस्थापित गराउन नसक्ने भन्दै आजैका मितिदेखि सामूहिक राजिनामा दिएको र स्वतन्त्र भएको जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय