इटहरी : नेपाल मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवको अवसर पारेर इटहरीमा सांस्कृतिक भजनकीर्तन कार्यक्रमको आयोजना गरिएको छ ।

शुक्रबार मानव धर्मका प्रणेता सतपालजी महाराजको ७२ औँ जन्मोत्सवको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक भजनकीर्तन गरिएको हो ।

नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रमले इटहरीमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एसईई र कक्षा १२ उत्तीर्ण हुने छात्र–छात्राहरूलाई सम्मान समेत गरिएको थियो ।

आश्रमकी प्रभारी महात्मा नन्दनी बाइजीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

मानव धर्म सेवा समितिले २०४३ सालबाट यस क्षेत्रमा विभिन्न समाजिक आध्यात्मिक साथै विभिन्न जनचेतनामूलक सामाजिक कार्यक्रम गर्दै आएको संस्थाका कोशी क्षेत्रका अध्यक्ष अम्बरबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय