दमक : संसारमा जन्म लिई सांसारिक जानकारी मात्रले मानिसलाई ज्ञानी बनाउदैन । ज्ञानीको अर्थ हो मानिस भित्रको अशान्ति, ईर्ष्या -द्वेश , लोभ क्रोध र स्वार्थ जस्ता अमानवीय कमजोरीलाई मेटाएर मानिस भित्रको विकासमान क्षमतालाई समाज कल्याणमा लगाउनु ।

मानिसभित्रको जम्मै अज्ञानको अँध्यारो जुन ज्ञानको उज्यालोबाट मेटिन्छ , त्यसै आत्मबिधाको प्रचार गर्न समय समयमा महापुरूषहरुले संसारमा जन्म लिए अनि मानवलाई महान बनाएर समाजनै बदलाईदिए र यसरी नै युग परिवर्तनको सूत्रपात हुनगयो ।

तपस्वी महामानव भगवान बुद्ध जस्ता महामानवले अन्याय, अत्याचार झगड़ा, लूटपाट, अनैतिक दुर्ब्यहारले दोहोर्याइरहेको समाजमा ज्ञानको प्रकाश फैलाउनुभयो । साधुसंत तथा ज्ञानी पुरुषहरू अनेक कष्ट सहेर समाज सुधारको लागि आफ्नो जीवन लगाउँछन् । समाजले यो विचार गर्नु छ कि आज कुन साधनको आवश्यकता छ जसले समाजमा मात्र हैन बरु बिश्वमा कुसंस्कार हटाएर सुसंस्कारले भरिदियोस ।

यस्तो महान कार्यलाई आज फेरि भगवान बुद्ध जस्ता तत्वदर्शी महापुरुषको आवश्यकता देखिन्छ । जसले सुकीसकेको उजाड मरुभूमिमा बसन्त ल्याउन सकोस । दाजु भाइमा झगडा , मै खाउ मै लाउ अरु सबै मरुन भन्ने हिंस्रक र विनाशकारी मानव-हृदयलाई परिवर्तन गराई जुन ज्ञानले गर्दा हनुमान जति पुजित बन्न सके , प्रह्लाद भक्त प्रह्लाद बन्न सके र जुन ज्ञानले गर्दा कायर बनेका अर्जुनलाई कर्मयोगी बनाउन सक्षम भयो ।

मानव-कल्यानबाट नै विश्वको कल्याण हुन सक्छ । ज्ञान र कर्मको तालमेल नभई आज सारा समाज अशान्त भइरहेको छ । ज्ञानको बोधले नै मानवलाई कर्मयोगी बनाउछ । विश्व बन्धुत्वको भावना पैदागरी विश्वमा शान्ति, एकता र स्वतन्त्रता कायम राख्नको साथै त्याग र सेवा भावनाले सम्पूर्ण समाजको भलो गर्न सक्ने र तत्वदर्शी महापुरुषको शरणमा मात्र मानवले त्यस्तो आज पनि पाउन सक्दछ ।

त्यस ज्ञानको महान् अनुभवबाट ने हाम्रा ऋषिहरूले भने सर्व भवन्तु सुखिन सर्वे सन्तु निरामया सर्व भदाणीपश्यंतु मा कश्चिद् दुखभाग्जना : । अर्थात सबै शुखी होउन ,सबै निरोगी रहुन , सबै सज्जन देखा परुन , अनि कोहि पनि दुखी नहोस । मानबको सबै दुख हरि उसलाइ सुखी पार्ने ज्ञानको उपदेश दिने महापुरुषलाइ समाज सधै पुजा , भक्ति र श्रद्धाको भावनाले हेर्दछ । समाजका यस्तै महापुरुषको खोजी समाजले आज गर्न अति आवस्यक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय