दमक :झापाको दमक ९ स्थित चन्द्रमा बन बाटिका भित्र आधुनिक चन्द्रमा पार्क बन्ने भएको छ ।

पार्कको निर्माण कार्यकालागि प्रदेश सरकारको अर्थ मन्त्रालयबाट चालू आर्थिक वर्षमा प्रारम्भिक कामका लागि रु ७५ लाख बिनियोजन भएको नेकपा माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष रेवतराज पुरीले जानकारी दिए । उनले अर्थमन्त्री इन्द्र आङ्बो मौसमको पहलमा योजना ल्याउन सफल भएको बताएका छन् ।

पार्क निर्माण कार्य सम्पन्न गर्नको लागि स्थानीय नगेन्द्र घोर्साइको अध्यक्षतामा ९ सदस्यीय निर्माण उपभोक्ता समिती समेत गठन भएको छ । समितिको सचिवमा दिनेश दहाल, कोशाध्यक्ष लक्ष्मी विक, रहेका छन् भने सदस्यहरु क्रमशः ऋतु नेम्बाङ, बिजय राई, दिपक खनाल, लावण्य श्रेष्ठ, पबित्रा खड्का र पूर्ण थापा रहेका छन् ।

पार्क निमार्ण सम्पन्न भएपछि दमक आउने आन्तरिक र वाहिरी पर्यटकलाई आकर्षण गर्न सकिने अपेक्षा गरेको उपभोक्ता समितिका अध्यक्ष घोर्साइले जानकारी दिए ।

दमक ९ को चन्द्रमा पार्कमा बन्न लागेको मानव निर्मित चन्द्रमा यो सायद दक्षिण एसियाकै पहिलो हुने समितीले जनाएको छ जसमा चन्द्रमा डोमको व्यास १५० फिट उचाइ १५० फिट डोम माथीको चन्द्रमा व्यास ४५ फिट हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय