शिवगञ्ज / टेलिभिजन रियालिटि सो सारेगमप लिटिल च्याम्प प्रतियोगिताकी फस्ट रनरअप रोसा फुँयललाई झापाको शिवसताक्षीमा भव्य सम्मान गरिएको छ ।

होलि वर्षको अवसर पारेर स्थानिय शिवसताक्षी युवा सेवा समाजले आयोजना गरेको होली मिलन कार्यक्रमा उनलाई मामा नगरमा सम्मान गरिएको हो । रोसाको मावली घर शिवसताक्षीको व्याँङडाडा हो । उनि टेलिभिजन रियालिटि सो सारेगमप लिटिल च्याम्प प्रतियोगिताकी फस्ट रनरअप हुन् ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, वडा नम्बर ९ का अध्यक्ष छविलाल पाठक, शिवसताक्षी उध्योग वाण्ज्यि संघका उद्योग सचिव भोजराज ढकालले संयुक्त रुपमा दोसल्ला, सम्मान पत्र र फुलमाला अविर लगाएर सम्मान गरे । बालगायिका फुँयलले गायन क्षेत्रमा कलिलो उमेरमै प्राप्त गरेको उपलब्धिलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
यस्तै स्थानिय प्रतिक्षा भण्डारी र सुभेक्षा खड्कालाई पनि सम्मान गरिएको थियो । उनिहरु मध्ये भण्डारी नृत्य र खड्का गायन क्षेत्रका अव्बल नक्षत्र भएको स्थानियले बताएका छन् । उनिहरु दुवै जनाले आफ्नो आफ्नो विधाको कला मन्चन गरेका थिए ।

टेलिभिजन रियालिटि सो सारेगमप लिटिल च्याम्प प्रतियोगिताकी फस्ट रनरअप फुयाँलले एक नम्बर प्रदेशमै शिवसताक्षीको नाम उच्च राखेको कार्यक्रमका वक्ताले बताए । रोशा फुयलको स्थायी बसोबास भने झापाको मेचीनगर हो । उनलाई शिवसताक्षी नगरपालिकाका प्रमुख शेर्माले बधाई दिएका छन् ।

युवाहरुलाई समेट्न शिवसताक्षी युवा सेवा समाजको भुमिका अहम रहेको नगर प्रमुख शेर्माले बताए । उनले भने,‘ तपाईँहरुको काम देखेर सिङ्गो नगर खुसीले गदगद छ । समाज रुपान्तरणका लागि यस्तै कार्यक्रम ल्याउनुहोस् नगरपालिका तपाईको साथमा छ ।’

शिवसताक्षी नगरपालिका वडा नम्बर ११, ९ र ७ का अधिकाँस युवा युवती शिवसताक्षी युवा सेवा समाजमा आवद्ध छन् । तीन वर्ष अघि मात्र स्थापना भएको यो समाजले युवा युवतीलाई कुलतबाट जोगाउन, उनिहरुलाई सृजनात्मक अभियानमा अघिवढाउन रचनात्मक कृयाकलाप गर्दे आएको समाजका संस्थापक अध्यक्ष पुष्प सापकोटाले बताए ।

कार्यक्रम समाजका अध्यक्ष अनिलहाङ शेर्माको अध्यक्षता, संस्थापक अध्यक्ष सापकोटाको स्वागत, प्रकाश भण्डारी र योसा थेवेको संयुक्त सहजिकरणमा भएको थियो ।

कार्यक्रममा नगर प्रमुख शेर्माले कार्यक्रममा सहभागि अधिकाँसलाई होलीको रंग लगाइदिएर शुभकामना आदान प्रदान गरेका थिए ।सतासी न्युज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय