कमल/ झापाको कमल गाउँपालिका ७ लालधन्द्रास्थित भित्रि सडकमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह ४ का अन्दाजी २३ बर्षिय पाण्डव चम्लागाइँ रहेका ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका चम्लागाइँको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।

आज बिहान ९:४५ बजेतिर तीन जना सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी ट्राफिक प्रहरीले पाएको थियो ।

मोटरसाइकलमा रहेका अन्य दुई जना समेत भएकाले चालकको यकिन पहिचान र दुर्घटनाको बिषयमा थप सुक्ष्म अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।निष्कर्ष न्युजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय