दमक : नेपाल दलित मुक्तिमोर्चा प्रदेश एकको प्रथम बिस्तारीत बैठक सम्पन्न भएको छ । झापाको दमकमा माओवादी केन्द्रको पार्टी कार्यलयमा आज प्रथम बैठक सम्पन्न भएको छ ।

दलित मुक्तिमोर्चा प्रदेश न १.का फ्याक्सन ईन्चार्ज नेपाल खेम सुन्दास ” क अरूण” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष मणि कुमार साङपाङ्ग ” बिजय” , नेपाल दलित मुक्तिमोर्चा प्रदेश न १ का इन्चार्ज अनिता परियार , माओवादी केन्द्र प्रदेश १ को कोषाध्यक्ष गगन पुरी , माओवादी केन्द्र प्रदेश सदस्य बिरेन्द्र बस्नेत, Ycl प्रदेश एकका अध्यक्ष कर्मा पूलामी, दिपेश ल्वागुन,उमिता बराईली, एटम गजमेर लगायतको उपस्थिति रहेको थियो ।

बैठकले एक नम्बर प्रदेशका १४ जिल्लामा बैठक भेला सम्मेलन गर्ने , प्रदेशका १३७ पालिकामा उम्मेदवार दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुने गरि उम्मेदवार वार्ड,पालिका सम्म उठाई बिजय गराउने , पार्टी र गठबन्धन बाट उठेकाे सम्पुर्ण उम्मेदवार लाई भारी मतले बिजय गराउने , प्रदेश १ का १४ जिल्लामा कमान्ड इन्चार्ज तोकेको प्रदेश एकका अध्यक्ष हुकुम सिंह नेपालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय