दमक/ राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ अन्तर्गत प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको बिशेष समारोहमा आगामी असार १८ गते (जुलाई २ तारिख) अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देशका सातवटै प्रदेशहरुका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेसँगै प्रदेश नं. १ बाट दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि. परेको हो ।

महासंघले प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक, झापालगायत मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलाली पुरस्कृत हुने भएका हुन् ।

यसैगरी, राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार, २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजुलाइ, उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत गरिने घोषणा गरिएको छ ।

पुरस्कार छनोट उपसमिति संयोजक तथा महासंघका संचालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ संस्थाको नाम घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय