झगेन्द्र खड्का

गौरीगंज/नेपाल रेडक्रस साेसाईटी उपशाखा गौरीगंजकाे आयाेजनामा संचालन गरिएकाे रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएकाे छ। रेडक्रस उपशाखा गौरीगंजले बिरामीहरुका लागि रगतकाे आवश्यकतामा सहजताका लागि आयाेजना गरेकाे रक्तदान कार्यक्रममा गौरीगंज गाउँपालिका भित्रका नागरिकहरुले रक्तदान गरेका थिए।

गौरीगंज माध्यमिक बिद्यालयमा संचालन गरिएकाे रक्तदान कार्यक्रममा ४५ पुरुष र ६ महिला गरि जम्मा ५१ जनाले रक्तदान गरेका थिए।रक्तदान कार्यक्रममा २१ बर्ष देखि ५४ बर्ष सम्मका नागरिकहरु सहभागी भएका थिए।नेपाल रेडक्रस साेसाइटी जिल्ला कार्यलय भद्रपुरकाे प्राबिधिक सहयाेगमा सम्पन्न रक्तदानमा संकलित रगत रेडक्रस जिल्ला कार्यलय रक्त संचार शाखामा संकलन गरिएकाे रेडक्रस गौरीगंज उपशाखा सभापति यादब रिजालले जानकारी गराए।

रक्तदान कार्यक्रमकाे उद्घाटन सत्रमा गौरीगंज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी प्रमुख अतिथि रहेकी थिइन। कार्यक्रममा रेडक्रस झापा जिल्ला उपसभापति मित्रदेब काफ्ले, गौरीगंज उद्योग बाणिज्य संघ अध्यक्ष मखना महत्ताे लगायतले शुभकामना मन्तब्य राखेका थिए।रेडक्रस उपशाखा गौरीगंजकी उपसभापति कल्पना थापाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब सन्तलाल ताजपुरियाले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय