इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १२ खनारमा कोशी ड्राइभिङ सेन्टर सञ्चालनमा आएको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेकाले असार १ गतेदेखि औपचारिक रुपमा ड्राइभिङ सेन्टरको सञ्चालनमा आउने सञ्चालक नविन पौडेलले जानकारी दिए । 

१६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो ड्राइभिङ सेन्टर निर्माणमा करिब एक करोड भन्दा बढी लागत लागेको सञ्चालक पौडेलले बताए ।

सफा वातावरणमा व्यवस्थित तरिका अनुभवी प्रशिक्षक द्वारा सिकाइने भएकाले जिरो कोर्समा दक्ष बन्ने गरि सिकाइने उनले बताए । सञ्चालक पौडेल भन्छन , ‘हामीले यस ड्राइभिङ सेन्टरबाट सिकाएका सबैले सहज तरिकाले ट्रायल पास हुने गरि सिकाएर पठाउने छौँ । सो ड्राइभिङ सेन्टरमा मोटरसाइकल, स्कुटी र लाइट गाडिहरु सिकाइने उनले बताए । 

ड्राइभिङ सेन्टरको निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएपश्चात व्यवस्थित पार्किङ, क्यान्टिन र टाढाबाट आउने सेवाग्राहीको सहजताको लागि होस्टेलको समेत व्यवस्था हुने सन्चालक पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय