मेचीनगर । मेचीनगर ५ स्थित राममन्दिर टोलमा सोमबार एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ ।

पैनीमा डुबेर पूर्ण बहादुर लिम्बूको दुुई बर्षीय छोरा इनसाहाङ लिम्बुको निधन भएको हो । खेल्ने क्रममा घर अगाडिको पैनीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इक्सानलाई घरभन्दा २ सय मिटर तल पानीले बगाइरहेको अवस्थामा स्थानीयले देखेर निकालेको र तत्काल बीएण्सी अस्पताल पुर्याएपनि डाक्टरले बच्चालाई मृत घोषित गरेको थियो ।

त्यसपछि पोष्टमेटमको लागि मेची अञ्चल अस्पताल लगिएको थियो । पोष्ट मेटम पछि सोमबारै धुलाबारी स्थित रामघाटमा दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय