दमक : झापाको दमक ९ मा रहेको सप्तश्री एकेडेमीले आज अभिभावक अभिमुखिकरण कार्यक्रम गर्नुका साथै तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका प्रमुख कार्यकारी अधिक्रित हुकुमसिंह नेपालीको अधयक्षतामा भएको कार्यक्रममा दमक नगर उप प्रमुख रेगिना भट्टराई प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दमक नगर उप प्रमुख भट्टराईले बालबालीकाको पहिलो बिद्यालय घरनै भएको भन्दै घरमा बालमैत्री वातावरण हुनु पर्ने बताउनु भयो । कार्यक्रममा दमक वडा नम्बर ९ का वडा अध्यक्ष कुवेर भट्टराईको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभियन्ता कञ्चन घिमिरेले अभिभावकहरुलाई बालबालीकाको हेरविचार गर्ने बिषयमा जानकारी गराउनु भएको थियो । बालबालीकालाई हुर्काउने बढाउने साथै जिवन बिकाशमा सकारात्मक कुराको प्रभाव पार्ने बिषयमा घिमिरेले अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बिद्यालयमा अध्ययनरत बालबालीकाहरुले अकर्षक गित तथा नृत्य प्रस्तुत गरेका थिए भने तिजको दर खाएर अभिभावकहरुले समेत रमाईलो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय