भदौ २४ , गौरादह / नेपाली कांग्रेसका संस्थापक नेता महामानव वी.पी. कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर झापाको गौरादहमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय डिपुचोकमा आयोजित कार्यक्रममा स्थानिय युवा बिध्यार्थी हरुले वी.पी.को तस्बिर अगाडी दिप प्रज्ज्वलन गरेर उनलाई सम्झिएका हुन ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको आयोजनामा गरिएको दिप प्रज्ज्वलन कार्यक्रममा युवा बिध्यार्थी तथा तरुणहरुले महामानव वी. पी. कोइरालालाई सम्झिएका थिए । वी. पी. कोइरालाको योगदान नेपाली राजनितिमा अमुल्य र अनुकरणीय भएको चर्चा गर्दै तिनै महामानबको राजनितिक योगदानबाट आजको परिवेशमा रहनपाएको स्मरण गरेका थिए ।

देसको ब्यबस्था परिबर्तन गर्न ठूलो सकस र संघर्शपुर्ण जीवन ब्यतित गर्दै प्रबासमा बसेर भए पनि वी. पी. ले नेपाल र नेपालिका निम्ति ठुलो योगदान पुर्याएको चर्चागरे ।

वी.पी. कोइरालाकै चाहाना ” नेपाल सार्बभौमसत्ता सम्पन्न रास्ट्र बनोस र नेपाली जनताले पुर्ण प्रजातन्त्रको अनुभुत गर्न पाउन ” भन्ने बिचार अनुरुप आजको अवस्थामा नेपाल आउन सफल भएको चर्चागर्दै वी. पी. को योगदान माथी युबाहरुले कार्यक्रममा आफ्ना बिचार राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय